धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हाे।
बिहीबार बिहान ८ बजेतिर भएको दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको परिचय खुलेको छैन।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते
चितवनमा दुर्घटना बढ्दाे : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु
विभिन्न स्थानमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु