एजेन्सी । राजधानी दिल्लीलगायत भारतभर भारी वर्षा जारी छ। वर्षाका कारण धेरैवटा राज्य बाढीमय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
वर्षाकै कारण राजस्थान राज्यका धेरै जिल्लामा सोमबार सबै विद्यालय बन्द गराइएको छ।
पन्जाबको पठानकोटका धेरै ठाउँ जलमग्न भएका छन्।उत्तराखण्डको चमोलीमा भीषण बाढी-पहिरोपछि भारतीय मौसम विभागले चेतावनी जारी गरेको छ।
थराली प्रहरी चौकीले स्थानीय बासिन्दालाई सतर्क रहन अपिल गरेको छ।वर्षाका कारण जम्मु-कश्मीरका धेरै क्षेत्रमा आवागमनमा असर परेको छ।
स्थानीय प्रशासनले धेरै जिल्लामा अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध