एजेन्सी । राजधानी दिल्लीलगायत भारतभर भारी वर्षा जारी छ। वर्षाका कारण धेरैवटा राज्य बाढीमय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
वर्षाकै कारण राजस्थान राज्यका धेरै जिल्लामा सोमबार सबै विद्यालय बन्द गराइएको छ।
पन्जाबको पठानकोटका धेरै ठाउँ जलमग्न भएका छन्।उत्तराखण्डको चमोलीमा भीषण बाढी-पहिरोपछि भारतीय मौसम विभागले चेतावनी जारी गरेको छ।
थराली प्रहरी चौकीले स्थानीय बासिन्दालाई सतर्क रहन अपिल गरेको छ।वर्षाका कारण जम्मु-कश्मीरका धेरै क्षेत्रमा आवागमनमा असर परेको छ।
स्थानीय प्रशासनले धेरै जिल्लामा अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा
मधेसमा वर्षा, किसानलाई राहत
तिब्बतमा वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह