लिस्बन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाएर स्वागत गर्नुपर्ने बताएका छन्।
नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलद्वारा शनिवार आयोजित सम्मान तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठुलो अपेक्षा राखेको बताए।
खाडी मुलुक लगायत संसारभरि रहेका नेपालीहरूले पठाएको रकम (रेमिटेन्स) बाट मुलुकको अर्थतन्त्र चलिरहेको तर तिनै प्रवासी नेपालीलाई एयरपोर्ट देखि नै दुख दिने गरिएको उनले बताए।
'विदेशमा रहेका नेपालीले हरेक महिना एक खरब रुपियाँ भन्दा बढी नेपाल पठाई रहनु भएको छ, त्यसैले मुलुक धानेको छ, तर त्यस अनुसार उहाँहरूले सम्मान पाउन सक्नु भएको छैन,' उनले भने।
आफू खाडी राष्ट्र, अमेरिका, बेलायत हुँदै युरोपेली मुलुकहरूको भ्रमणमा आइपुगेको बताउँदै घिसिङले जबसम्म नेपाल समृद्ध हुँदैन तबसम्म कसैको पनि इज्जत नबढ्ने बताए।
उनले जनतालाई केन्द्रमा राखेर सामाजिक-आर्थिक रूपान्तरणको लागि काम गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ
फागुन २१ गते नै निर्वाचन हुन्छ : कुलमान घिसिङ
संसदीय समितिले बोलायो मन्त्री कुलमान घिसिङलाई
सडक निर्माण गर्ने अहिले उपयुक्त मौसम हो, कामलाई तीव्रता दिनूस्: मन्त्री घिसिङ
कीर्तिपुर क्रिकेट रङ्गशाला हस्तान्तरणसँगै नेपालको क्रिकेट उज्यालो भविष्यतर्फ : मन्त्री घिसिङ
मेलम्चीको अवरोध हटाउन पहलका लागि हेलम्बुका अध्यक्षसँग कुलमानको आग्रह