काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने गरी चीन र भारतले गरेको सहमतिबारे सरकारको जवाफ मागेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतासँग यो विषय जोडिएको बताए । यस्तो विषयमा सरकार चुप लागेर बस्न नहुने उनको आग्रह छ ।
‘नेपालको भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो भूमि हुन भन्ने कुराबारे दश वर्ष अगाडि नै नेपाल सरकारले दुवै देशलाई कुटनीतिक नोट पठाएको थियो । यस्तो पहल भइराख्दा फेरि किन यो प्रश्न आयो ?,’ उनले प्रश्न गरे ।
दुवै देशमा नेपालको राजदूतावास रहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘राजदूतहरू के गरेर बसेका छन् ? अब राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गर्ने बेला आयो ।’राजनीतिक दलका नेताका आसेपासे र दलका कार्यकर्तालाई राजदूत बनाउँदा नेपालको कुटनीतिक क्षमता कमजोर हुँदै गएको विषय यो घटनाले समेत देखाएको उनको टिप्पणी छ ।
प्रतिपक्षमा हुँदा वर्तमन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग फिर्ता ल्याउनुपर्ने बताएको उनले स्मरण गरे । ‘…समस्याको कुरा होइन हाम्रो भूभाग फिर्ता ल्याउनुपर्छ भन्नुहुन्थ्यो । अहिले उहाँ दुईवटै देशको भ्रमण गर्दैहुनुहन्छ । त्यो भ्रमणको पहिलो सूचीमा यो विषय पर्छ कि पर्दैन ?’ साहले प्रश्न गरे ।
यो विषयमा राजनीतिक स्टन्ट नगरेर एकमत भएर अगाडि बढ्नुपर्नेमा पनि उनको जोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह