फिल्म ‘सकम्बरी’ बाट कमब्याक गर्दै जीवन लुइँटेल

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०८२, १२ : ५०
फिल्म ‘सकम्बरी’ बाट कमब्याक गर्दै जीवन लुइँटेल

काठमाडौँ । नाटक ‘शिरीषको फूल’ बाट थियटर डेब्यु गरेका अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि फिल्ममा पनि कमब्याक गर्ने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले फिल्ममा कमब्याक गर्ने भएका हुन् ।

फिल्मका लागि कान्तिपुर फिल्म एकेडेमीले बुधबार जीवनसँग लिखित सम्झौता समेत गरेको छ । अभिनेता अर्पण थापाको समेत अभिनय रहने फिल्मको निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले बताए । 

तिहारपछि छायाङ्कन हुने फिल्मको अहिले प्रिप्रोडक्सन भइरहेको छ । पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’ का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएको हो । फिल्ममा जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस