एजेन्सी । फिनल्याण्डका एक राजनीतिज्ञको राजधानी हेलसिंकीस्थित देशको मुख्य संसद् भवनमा मृत्यु भएको छ । ३० वर्षीया सांसद एमिली पेल्टोनेनको संसद्मै निधन भएको बीबीसीले जनाएको छ ।
सामाजिक लोकतान्त्रिक पार्टीका सांसद पेल्टोनेनले संसद् भवनमै आत्महत्या गरेको विश्वास गरिन्छ र उनी मंगलबार बिहान फेला परेको समाचारमा उल्लेख छ । पेल्टोनेनले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगबाट पीडित भएको बताएका थिए ।
पेल्टोनेन २०२३ को चुनावमा ५७४७ मत प्राप्त गरेर सांसद बनेका थिए । उनी संसद्का केही समितिहरूमा काम गर्थे । उनी जार्वेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।
प्रहरीले मृत्युको कारणको अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ भदौ २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल