हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

रासस

मंगलबार, ०३ भदौ २०८२, १२ : ४१
हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटले देशमक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नु पर्ने बताएका छन्। मन्त्री गुरुङले काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका हु्न्। 

मन्त्री गुरुङले भने, “हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्छ ।” सरदार भीमबहादुर पाँडे देशभक्त काजी कालु पाँडेका छैठौँ पुस्ताको सन्तती हुन् । उनले भारतबाट वाणीज्य शास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत हुन् । प्रशासन, कुटनीतिक, लेखन लगायत समाजसेवामा उनले गरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरिनुले ठूलो उपलब्धि रहेको मन्त्री गुरुङको धारणा छ । साथै यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई असल कार्य गर्न प्रेरणा समेत मिल्ने उनले बताए।

हुलाक सेवा विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञ सँगै समाजमा लोपोन्मुख रहेका रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनको समेत हुलाक टिकटमा प्रकाशन गरेर प्रचार प्रसार गर्ने कार्य भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस