काठमाडौँ । गौर हत्याकाण्डबारे सर्वोच्च अदालतको फैसलापछि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले न्यायको जित भएको प्रतिक्रिया दिएका छन्।
२०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र २७ माओवादी कार्यकर्ता मारिएको घटनामा अनुसन्धान गर्न सर्वोच्चले आज परमादेश जारी गरेको छ।
सर्वोच्चको फैसलापछि उनले लेखेका छन्, ‘आज सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन गरेको आदेशबाट न्यायको जीत भएको छ । विगत लामो समयदेखि अनवरत संघर्षरत एवं न्यायको पर्खाईमा रहेका बीभत्स गौर नरसंहारका पीडितहरूमा न्याय पाउने आशा र विश्वास बढेर गएको छ ।’
आजबाट निर्बाध रूपमा शीघ्र न्याय निरूपण भई दोषीहरू कानुनको दायरामा आउने विश्वास व्यक्त गरेका छन्।
प्रभु साहसमेतले गौर हत्याकाण्ड जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गराएको आरोप लगाउँदै आएका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह
नागरिकलाई पानी दिने कि नदिने ? भन्दै सरकारलाई प्रभु साहको प्रश्न