काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले विपीनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको पनि बताएका छन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपीनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति H.E. Mr. Isaac Herzog र संसद अध्यक्ष H.E. Mr. Amir Ohana सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गरेको प्रसङ्ग उठाउँदै प्रधानमन्त्री ओलीले सरकार विपीनको परिवारको साथमा रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते विपीनको रिहाइका विषयमा फोन संवाद गरेको स्मरण गरेका छन् ।
ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति