निःसन्तान उपचार सेवा नियमन गर्नका लागि मापदण्ड बन्यो

पत्रपत्रिकाबाट

सोमबार, ०२ भदौ २०८२, ०७ : २१
निःसन्तान उपचार सेवा नियमन गर्नका लागि मापदण्ड बन्यो

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तानउपचार (आइभिएफ) सेवा नियमन गर्नका लागि मापदण्ड ल्याएको छ । मन्त्रालयले पहिलो पटक निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ ल्याएको हो ।

हाल स्वास्थ्य मन्त्रालयले २५ वटा केन्द्रलाई आइभिएफ सञ्चालनका लागि स्वीकृति दिएको छ । तीमध्ये छ वटा उपत्यकाबाहिरका छन् । स्वास्थ्य मन्त्रालयले किशोरोको डिम्ब कारोबार भइरहेको भन्दै केही आइभिएफ सञ्चालकलाई पक्राउ गरेपछि स्वास्थ्य मन्त्रालयले मापदण्ड ल्याएको हो ।

स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले आइभिएफसम्बन्धी मापदण्ड स्वास्थ्यमन्त्री प्रदीप पौडेलबाट स्वीकृत भइसकेको बताउँदै मापदण्ड अनुसार आइभिएफ केन्द्र सञ्चालन हुनुपर्ने जानकारी दिए । उनले मापदण्ड बमोजिम सेवाप्रदायकलाई पूर्ण जिम्मेवार बनाइनुका साथै तोकिएको मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याइने बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस