स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, ०९ : १३
स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा मल्लोर्कालाई ३–० गोलले हराउँदै बार्सिलोनाले सहज जित निकालेको हो ।

बार्सिलोनाका लागि राफिन्हा, फेरान टोरेस र लामिन यामलले एक–एक गोल गरेका थिए भने मल्लोर्काले गोल गर्न सकेन ।

बार्सिलोनाका राफिन्हाले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, २३औँ मिनेटमा फेरानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाए ।

बार्सिलोनाले पहिलो खेलबाट तीन अंक जोड्दा मल्लोर्का भने पराजित भएको छ । 

गएरातिका खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले १–१ गोलको बराबरी खेल्दा आलाभेसले लेभान्तेलाई २–१ ले हराएको छ ।