काठमाडौ । गत वैशाखदेखि साउन मसान्तसम्म देशभर भएका दुई हजार ८५३ वटा विपद्का घटनामा परेर एक सय २६ जनाको निधन भएको छ।
यस अवधिमा विपद्का घटनामा पाँच सय ८५ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ।
प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन्। देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन्।
त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक-एकवटा विपद्का घटना घटेका छन्।
प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन् । विपद्मा परेर एक जनाको ज्यान गएको छ।
अनुमानित क्षति रु ३८ लाख ४० हजार बराबर भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि एक सय ४० प्रहरी परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार महिनामा विपद्का दुई हजार ६ सय ७५ घटना
मधेसमा विपद्: चालु आर्थिक वर्षमा ४२२ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
विपद् जोखिम न्यूनीकरण परिषद् बैठकमा वायु प्रदूषणका विषयमा छलफल
सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक
विपद्मा परेकाको हवाई उद्धार भाडा विपद् कोषबाट भुक्तानी हुने