काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर मगर समुदायलगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन काँग्रेस दृढ रहेको बताएका छन्।
नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता काँग्रेसकै नेतृत्वमा प्राप्त भएको बताए।
उनले भने, ‘काँग्रेसकै नेतृत्वमा रहेको सरकारले निरङ्कुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको हो। काँग्रेसको नेतृत्वमा प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको रक्षा र कार्यान्वयन गर्न हामी दृढ छौँ।’
मगरलगायत आदिवासी समुदायको प्रचारजन्य परम्परागत, ज्ञान, सीप र पेसाको सुरक्षा प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न काँग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०८२, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा
कांग्रेसको सहमती अनुसार नै सरकार अघि बढेको छ: शेरबहादुर देउवा