गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीकाे रिडी–तम्घास खण्ड पहिराेले अवरुद्ध भएकाे छ।
बिहीबार बिहान खसेकाे पहिरोले यो सडक पूर्ण रूपमा अवरुद्ध भएको हाे। रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि गाडी चल्न नसकेका प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ।
निरन्तरको वर्षाले काममा अवरोध भएको छ। वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधन सञ्चालन गरिने उनले बताए।
यो सडक नखुलेसम्म पानी ट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले अनुराेध गरेकाे छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला