गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीकाे रिडी–तम्घास खण्ड पहिराेले अवरुद्ध भएकाे छ।
बिहीबार बिहान खसेकाे पहिरोले यो सडक पूर्ण रूपमा अवरुद्ध भएको हाे। रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि गाडी चल्न नसकेका प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ।
निरन्तरको वर्षाले काममा अवरोध भएको छ। वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधन सञ्चालन गरिने उनले बताए।
यो सडक नखुलेसम्म पानी ट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले अनुराेध गरेकाे छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो