काठमाडौँ । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । सातामा तेस्रो दिन खुलेको बजार बुधबार १०.५० अंकले घटेको हो । योसँगै २७८५.७४ अंकमा झरेको छ । आज बजारमा ६ अर्ब १६ करोडको कारोबार भएको छ ।
बजारमा आज ८९ वटा कम्पनीको मूल्य घट्दा १५९ वटाको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज बजारमा समूहगत सूचकको अवस्था भने मिश्रित देखियो । १३ मध्ये ४ वटा समूहको सूचक घट्दा बाँकी ९ वटा सूचक घटेका छन् । ट्रेडिङ समूहमा सबैभन्दा धेरै १.५० प्रतिशत गिरावट हुनु बाहेक घटबढ भएका सबै समूहको वृद्धि वा गिरावट १ प्रतिशत भन्दा कम छ ।
बजारमा आज मायाखोला हाइड्रोपावरको सबैभन्दा धेरै ५.७४ प्रतिशतले बढेको छ । कुमारी बैंकको डिवेञ्चर २०८६ को मूल्य ९.४८ प्रतिशतले घटेको छ । बजारमा बलेफी हाइड्रोपावरको ३४ करोडको सेयर कारोबार हुनु नै सबैभन्दा उच्च कारोबार रह्यो । कारोबार भएको सेयर संख्या र कारोबार सङ्ख्याका आधारमा पनि सोही कम्पनी अगाडि रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ साउन २०८२, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारका सबै सूचक घटे
४.९८ अंकले घट्यो सेयर बजार
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
बढ्यो सेयर बजार, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
सेयर बजार २५४० अंकमा झर्यो
सामान्य अंकले बढ्यो नेप्से परिसूचक