काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरू बिचको संयुक्त बैठक स्थगित भएको छ । सभामुख घिमिरेले मंगलबार ११ बजे बस्नेगरी प्रमुख सचेतकहरूसँगको संयुक्त बैठक बोलाएका थिए ।
तर सभामुख घिमिरेको कार्याव्यस्तताले ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । प्रमुख सचेतकहरूसँगको छलफलमा प्रतिनिधिसभा बैठकको कार्यसूचीसहित विभिन्न विधेयक तथा प्रतिवेदनहरूका बारेमा छलफल गर्ने बताइएको थियो ।
गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरिरहेको विषयमा पनि छलफल हुने तयारी थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ साउन २०८२, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे