काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीका शीर्ष नेताहरूको बैठक जारी छ । महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समितिसँग देउवासहित पार्टीका शीर्ष नेताहरूले छलफल थालेका हुन् ।
बैठक अहिले पनि जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासहित भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समितिका पदाधिकारीसँग सहभागी छन् ।
काँग्रेसका ७ भ्रातृ संस्थालाई महाधिवेशन गर्न पटक पटक म्याप थप गर्दा पनि नसरेपछि महाधिवेशन गर्न पार्टीले प्रतिनिधि तोकेको थियो । यसअघि शुक्रबार पनि देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !