काठमाडौँ । देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये २५ साउनसम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको हो ।
गत वर्षको तुलनामा झन्डै ७.१९ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८.०४ प्रतिशत रोपाइँ भएको छ भने लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको हो । यस्तै गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ९३.५६ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी मधेस प्रदेशमा सबैभन्दा कम ७६.५४ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९८.१९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मधेस सुक्खा ग्रस्त भई समयमै धान रोप्न नसकिएका कारण उत्पादन घट्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ साउन २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा रोपाहार पाउन छाडेपछि धान रोपाइँ गर्न कठिन
बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ