एजेन्सी । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।
टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार आइतबार साँझ ७:५३ (स्थानीय समय) भूकम्प गएको हो। जसको झट्का इस्तानबुलसम्म पुगेको थियो।
भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
टर्कीका गृहमन्त्री अली येर्लिकायाले भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर रहेको बताए।जहाँ ८१ वर्षीया महिला भग्नावशेषबाट बाहिर निकालिएको थियो तर केही समयमै उनको मृत्यु भयो।
गृहमन्त्री येर्लिकायाले भूकम्पले १६ वटा भवन भत्किएको बताए।उनका अनुसार यसबाहेक गम्भीर क्षति वा हताहतको कुनै संकेत छैन।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ साउन २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी