यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०८२, ०८ : ३२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १७ पैसा, लिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३५ पैसा, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०६ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस