काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धीमा छलफल हुने रास्वपाले जनाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ । बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता
समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने रास्वपाको तयारी
‘पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको हो’: रास्वपा
रास्वपा र कुलमान पक्षबीचको एकता भंग, छुट्टाछुट्टै चुनावमा जाने