आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०८२, ०९ : ११
आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं । एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा रिलिज गर्ने अपेक्षा गरिएको छ । जर्मन ब्लग आईफोन–टिकरले यसबारे जानकारी दिएको हो ।

एप्पलले उक्त मितिमा आईफोन–१७, अति पातलो आईफोन–१७ एयर, र क्यामेरालाई ध्यानमा राखेर निर्माण गरिएको आईफोन–१७ प्रो र आईफोन–१७ प्रो म्याक्स रिलिज गर्ने अपेक्षा गरिएको छ ।

आईफोन–१७ मा ६.३ इन्चको डिस्प्ले, १२ जीबी र्‍याम (प्रो मोडलहरूका लागि), र १२० हर्ज प्रोमोशन डिस्प्ले सबै मोडलमा हुने अपेक्षा छ । आईफोन १७ एयरमा अति पातलो डिजाइन र ६.६ इन्चको ओएलईडी डिस्प्ले हुनेछ । तर यो फोनमा केबल एउटा ४८ मेगापिक्सेल रियर क्यामेरा हुने गिजमोडोले जनाएको छ । प्रो मोडलहरूमा ८ गुणा अप्टिकल जुम र नयाँ क्यामेरा कन्ट्रोल बटन हुने सम्भावना छ ।

एप्पलले सामान्यतया सेप्टेम्बरको दोस्रो हप्तामा आफ्ना नयाँ आईफोनहरू घोषणा गर्दै आएको छ । नयाँ आईफोनको प्रि अर्डर सेप्टेम्बर १२ मा शुरू हुने र बिक्री सेप्टेम्बर १९ बाट हुने अपेक्षा छ । यस पटक एप्पलले आईफोनको मूल्य ५० डलरले वृद्धि गर्ने जनाइएको छ । यसअनुसार बेसिक आईफोन–१७ को मूल्य ८५० डलरबाट शुरू हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस