काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई जवाफ फर्काएका छन्। हिजो घिमिरेले सदनमा आफ्नो कुरा राखेर बहिस्कार गर्ने प्रवृत्तिको प्रतिवाद गर्ने चेतावनी दिएका थिए।
त्यसको जवाफ फर्काउँदै सिंहले भने, ‘सदन बहिस्कार गर्नेलाई प्रतिवाद गर्छौँ भनेर कांग्रेसका प्रमुख सचेतक भनिसक्नुभएको छ। हामीले सदनसँगै हामीले पनि सेवा सुविधा पनि बहिस्कार गरिरहेका छौँ।’
भिजिट भिसा प्रकरणमा दैनिक असुली धन्दा गरेर युवाहरूलाई विदेश पठाउने, बिचल्ली पर्दा पनि कुनै वास्ता नर्गनको लागि गणतन्त्र ल्याएको होरु भन्दै प्रश्न गरे। रोजगारी देशमा दिन नसक्ने र बाहिर जानेहरूबाट असुली धन्दा चलाउनेमाथि कारबाही गर्न छानबिन समितिको माग गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग