काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा सङ्गीत संयोजन विषम आचार्यको छ । गीतले दाजु र बहिनीबिचको निश्चल सम्बन्ध र जिम्मेवारीको कथा भन्छ ।
गीत सार्वजनिक गर्दै निर्माण पक्षले भिडियो प्रतिस्पर्धा समेत घोषणा गरेको छ । प्रतियोगितामा भाग लिन दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको दिन राखी बाँधेको भिडियो बनाएर सेयर गर्दै निर्माण युनिटलाई पठाउनुपर्नेछ । त्यसरी पठाएको भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार पुरस्कार दिने निर्माण पक्षले जनाएको छ ।
भदौ २७ गतेबाट प्रदर्शनमा आउने फिल्म हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय रहेको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । गौतमको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०८२, १३ : १९
लेखकबाट थप