काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)बाट एकतामा जोडिएका गंगानारायण श्रेष्ठले नेकपा(माओवादी केन्द्र)को पार्टी स्कुल विभाग उपप्रमुखको जिम्मेवारी पाएका छन् । सोमबार सम्पन्न माओवादी स्थायी समिति बैठकले श्रेष्ठलाई जिम्मेवारी दिएको उपमहासचिव मातृका यादवले जानकारी दिए ।
२०८१ माघ २१ गते बसेको पदाधिकारी बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहइन्चार्ज उपमहासचिव गिरिराजमणि पोखरेललाई दिएको थियो । यस्तै नेपाः राष्ट्रिय पार्टीबाट आएका डा. विजय सैंजुले बागमती प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारी पाएका छन् ।
बागमती प्रदेशको इन्चार्जमा सचिव हितमान शाक्य रहेका छन् । श्रेष्ठ र सैंजुको पार्टीले जेठ १२ गते माओवादीसँग एकता गरेको थियो । त्यतिबेला श्रेष्ठलाई सचिव र सैंजुलाई स्थायी समिति सदस्य बनाएको थियो । एकतामा जोडिएका अन्य नेताहरूको जिम्मेवारी आवश्यक छलफल गरी जिम्मेवारी दिएको र पुराना नेताहरूको हकमा यथावत् रहेको यादवले बताए ।
‘पार्टीले एकताबाट आएका गंगानारायणजी र विजयजीलाई मात्र जिम्मेवारी दिएको हो । पुराना नेताहरूको जिम्मेवारी यथावत् राखिएको छ । एकतामा आएका अन्य नेताहरूको विषयमा अहिले कुनै निर्णय भएको छ । छलफल गरेर पछि जिम्मेवारी दिन्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था