काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी निर्णय कार्यान्वयन भए /नभएको हेर्न अनुगमन समिति बनाउने निर्णय गरेको छ । पार्टी रूपान्तरणको महाअभियानमा रहेको र पार्टीमा सबै स्वार्थ समूह, गुट र उपगुट विघटन गर्ने निर्णय गदैं माओवादीले त्यसका लागि अनुगमन समिति बनाउने निर्णय लिएको हो ।
सार्वजनिक मञ्चमा पार्टी र नेतृत्वको आलोचना नगर्ने निर्णय पनि माओवादीको छ । पार्टीभित्रका बैठकमा खुलेर बहस गर्न पाइने, तर बाहिर सार्वजनिक मञ्चमा भने पार्टी नेताहरुको आलोचनामा बोल्न नपाउने निर्णय माओवादीले गरेको छ ।
उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको नेतृत्व र कार्यशैलीप्रति सार्वजनिक मञ्चमै प्रश्न उठाउँदै आएका थिए । सोमबार सम्पन्न भएको माओवादीको स्थायी समिति बैठकमा स्थायी समितिका ४६ नेतामध्ये एकाध बाहेक अन्य सबैले सार्वजनिक रुपमा नेतृत्वको बारेमा आलोचना गर्न नहुने बताएका थिए ।
त्यसपछि माओवादीले निर्णय कार्यान्वययन भए नभएको बारे अध्ययन गर्न अनुगमन समिति नै बनाउने र त्यस्तो समितिको आधारमा कारवाहीको दायरामा पनि ल्याउने निर्णय माओवादीको हो ।
‘कोही निर्णय विपरीत जान्छ भने कारबाहीको दायरमा ल्याउने भनिएको छ । त्यसका लागि अनुगमन समिति बनाउन निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रका उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले भने ।
पार्टीको निर्णय कार्यान्वयन भए नभएको अनुगमनका लागि केन्द्रीय कार्यालयले केन्द्रीय समिति, केन्द्रीय समितिले क्षेत्रीय समिति र क्षेत्रीय समितिले तल्ला तहका समितिको अनुगमन गर्ने सापकोटाले जानकारी दिए ।
निर्णय कार्यान्वयनका लागि अनुगमन समिति नै बनाउने भनिएकाले आगामी दिनमा समस्या नआउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था