काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी निर्णय कार्यान्वयन भए /नभएको हेर्न अनुगमन समिति बनाउने निर्णय गरेको छ । पार्टी रूपान्तरणको महाअभियानमा रहेको र पार्टीमा सबै स्वार्थ समूह, गुट र उपगुट विघटन गर्ने निर्णय गदैं माओवादीले त्यसका लागि अनुगमन समिति बनाउने निर्णय लिएको हो ।
सार्वजनिक मञ्चमा पार्टी र नेतृत्वको आलोचना नगर्ने निर्णय पनि माओवादीको छ । पार्टीभित्रका बैठकमा खुलेर बहस गर्न पाइने, तर बाहिर सार्वजनिक मञ्चमा भने पार्टी नेताहरुको आलोचनामा बोल्न नपाउने निर्णय माओवादीले गरेको छ ।
उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको नेतृत्व र कार्यशैलीप्रति सार्वजनिक मञ्चमै प्रश्न उठाउँदै आएका थिए । सोमबार सम्पन्न भएको माओवादीको स्थायी समिति बैठकमा स्थायी समितिका ४६ नेतामध्ये एकाध बाहेक अन्य सबैले सार्वजनिक रुपमा नेतृत्वको बारेमा आलोचना गर्न नहुने बताएका थिए ।
त्यसपछि माओवादीले निर्णय कार्यान्वययन भए नभएको बारे अध्ययन गर्न अनुगमन समिति नै बनाउने र त्यस्तो समितिको आधारमा कारवाहीको दायरामा पनि ल्याउने निर्णय माओवादीको हो ।
‘कोही निर्णय विपरीत जान्छ भने कारबाहीको दायरमा ल्याउने भनिएको छ । त्यसका लागि अनुगमन समिति बनाउन निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रका उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले भने ।
पार्टीको निर्णय कार्यान्वयन भए नभएको अनुगमनका लागि केन्द्रीय कार्यालयले केन्द्रीय समिति, केन्द्रीय समितिले क्षेत्रीय समिति र क्षेत्रीय समितिले तल्ला तहका समितिको अनुगमन गर्ने सापकोटाले जानकारी दिए ।
निर्णय कार्यान्वयनका लागि अनुगमन समिति नै बनाउने भनिएकाले आगामी दिनमा समस्या नआउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन