माओवादी बैठक : यमराजको कथा, जनार्दनको मौनता

कालीबहादुर मल्लको कथा : नेतृत्व फेरिएर भाग्य फेरिन्छ त ?

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०८२, १० : ०६
माओवादी बैठक : यमराजको कथा, जनार्दनको मौनता

काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार र शनिबार दुई दिनसम्म बस्यो । बैठक आज पनि जारी हुनेछ । बैठकमा अध्यक्ष प्रचण्डले १० एजेन्डा प्रस्तुत गरेका थिए । तर त्यसमध्ये अधिकाशं एजेण्डा छायाँमा परेका छन् । तर, प्रमुख बहसको एजेण्डा बनेको छ – अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)बीचको गहिरिँदो द्वन्द्व । बाहिरी अभियानको तयारीभन्दा बढी आन्तरिक टकराव बैठकको केन्द्रविन्दु बनिरहेको छ ।

अध्यक्ष प्रचण्डले पार्टी संगठन सुदृढीकरण, गुट अन्त्य, नेतृत्व चयनमा नयाँ विधि, र अन्य कम्युनिष्ट शक्तिसँगको सहकार्य जस्ता महत्वपूर्ण मुद्दा बैठकका एजेण्डाका रुपमा राखेका छन् । तर स्थायी समिति सदस्यहरू बोल्ने अधिकाशंले प्रचण्ड र शर्माबीचको विवादमा केन्द्रीत रहेर धारणा केन्द्रित गरेका छन् । र साथ दिएका छन्, अध्यक्ष प्रचण्डलाई । प्रचण्डको विकल्प पार्टीमा अहिले खोज्ने बेला नभएको र जनार्दनले बाहिर पार्टीको आन्तरिक विषयमा बोल्दै हिडेका विषयमा आत्मआलोचना गर्नुपर्ने मत बाक्लो मात्रामा उठेको छ ।
 
सचिव राम कार्कीले भने नेतृत्वको रोटेशन प्रस्ताव गरेर हल्का तर गम्भीर चुनौती दिएका छन् । “अध्यक्ष सम्मानित भएर बस्ने, कार्यकारी नेतृत्व रोटेशनमा आउने । यदि नेतृत्व गर्न नसके प्रचण्डले फेरि जिम्मा लिईहाल्ने ।“

शर्माले एक कार्यक्रममा आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा मात्र उपस्थित भएको स्पष्टिकरण दिएका थिए । तर, उनको यो दोहोरो भूमिकाले प्रचण्डविरुद्धको असहजता, आन्तरिक अविश्वास र ‘भित्रैको विद्रोह’को संकेत दिन्छ ।

जनार्दन शर्माको मौनता, हस्ताक्षरविहीन उपमहासचिव
बैठकमा प्रचण्डसङग सिंगौरी खेलीरहेका उपमहासचिव जनार्दन शर्मा भने बोलिसकेका छैनन । प्रचण्डले सबै नेतालाई बोल्न खुल्ला गरेपनि शनिबारसम्म शर्माले बोलेका छैनन । उनी अरु नेताका कुरा सुनेरै बसिरहेका छ् । शर्माले ४ वर्षदेखि पार्टीको माइन्यूटमा उपमहासचिवका हैसियतले कहिल्यै हस्ताक्षर नगरेको विषय पनि पार्टी बैठकमा उठेको छ ।
 
पार्टी कार्यालयका मुख्य सचिव समेत रहेका स्थायी समिति सदस्य गणेशमान पुनले यो कुरा बैठकमा उठाएका थिए । उनको प्रश्न थियो, विधिको कुरा गर्ने शर्मा, विधिमा किन हस्ताक्षर नगर्ने ? पुनले अगाडी थप्दै बैठकमा भनेका थिए, “लगातार बैठकमा उपस्थित हुने, तर हस्ताक्षर नगर्ने उपमहासचिवको धारणा विधिसम्मत ठहर हुन्छ त ?
 
शर्माले एक कार्यक्रममा आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा मात्र उपस्थित भएको स्पष्टिकरण दिएका थिए । तर, उनको यो दोहोरो भूमिकाले प्रचण्डविरुद्धको असहजता, आन्तरिक अविश्वास र ‘भित्रैको विद्रोह’को संकेत दिन्छ ।
 
कालीबहादुर मल्लको कथा : नेतृत्व फेरिएर भाग्य फेरिन्छ त ?

जब गम्भीर छलफलहरू चर्किन थाले, कालीबहादुर मल्लले यमराजको कथा सुनाए । कथा गहिरो थियो, तर व्यंग्यात्मक । “यमराज मान्छे लिन आए। चिया खुवाएर निदाएको मौका छोपी मान्छेले आफ्नो नाम अन्तिममा राख्यो। यमराजले भने– आज अन्तिममा जो छ, उसैलाई लिन्छु। तर, त्यही मान्छे अन्तिममा परेछ।”
 
कथाको सार– भाग्य फेरिएको अभिनयले वास्तविकता बदलिँदैन । नेतृत्वको सूची फेरिँदैमा परिणाम फेरिँदैन । माओवादी आन्दोलनलाई फेरि उस्तै मोडमा पु¥याउने चेतावनी थियो उनको ।

पार्टीले भदौ १५ देखि दशैँअगाडि लमजुङदेखि ताप्लेजुङसम्म अभियान चलाउने तयारी गरिरहेको छ । तर, अभियान चलाउने पार्टीभित्र भने गहिरो वैचारिक असहमतिका साथसाथै विश्वासको संकट पनि बढ्दैछ । शर्माको मौनता, हस्ताक्षर नहुनु, र पार्टी नेतृत्वप्रतिको अविश्वास–यी सबै ‘नाम फेरिए पनि नियति फेरिँदैन’ भन्ने यमराजको कथासँग मेल खान्छन् ।