ललितपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीबीच शनिबार ललितपुरको हात्तीवनमा भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको भविष्य र सहिदहरूको सपना साकार गर्ने विषयमा गम्भीर छलफल भएको छ।
नेता किरातीले भेट निकै सकारात्मक र भावनात्मक वातावरणमा सम्पन्न भएको बताए। उनले भेटको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो ‘आँखीझ्याल’ फ्रेममा राखी महासचिव विप्लवलाई प्रदान गरेका थिए।
आँखीझ्यालको फ्रेम प्रतिकात्मक हो,' नेता किरातीले भने, 'कमरेड विप्लव आँखीझ्यालबाट नेपाली राजनीति र कम्युनिस्ट आन्दोलनलाई कसरी हेरिरहनुभएको छ भन्ने सन्दर्भमा यो एक गहिरो प्रतीक हो।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०८२, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने