ललितपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीबीच शनिबार ललितपुरको हात्तीवनमा भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको भविष्य र सहिदहरूको सपना साकार गर्ने विषयमा गम्भीर छलफल भएको छ।
नेता किरातीले भेट निकै सकारात्मक र भावनात्मक वातावरणमा सम्पन्न भएको बताए। उनले भेटको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो ‘आँखीझ्याल’ फ्रेममा राखी महासचिव विप्लवलाई प्रदान गरेका थिए।
आँखीझ्यालको फ्रेम प्रतिकात्मक हो,' नेता किरातीले भने, 'कमरेड विप्लव आँखीझ्यालबाट नेपाली राजनीति र कम्युनिस्ट आन्दोलनलाई कसरी हेरिरहनुभएको छ भन्ने सन्दर्भमा यो एक गहिरो प्रतीक हो।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०८२, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?