यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०८२, ०७ : ३६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्रीदर १४० रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ५१ पैसा र बिक्रीदर १६० रुपियाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ०२ पैसा र बिक्रीदर १८४ रुपियाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ २८ पैसा र बिक्रीदर १७२ रुपियाँ ०१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९० रुपियाँ २६ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७७ पैसा र बिक्रीदर १०१ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ६७ पैसा र बिक्रीदर १०८ रुपियाँ १३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ३८ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस