काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी छन्। उनले शुक्रवार एक सार्वजनिक विज्ञप्तिमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएकी हुन्।
बस्यालले पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट राजीनामा दिएको उल्लेख गर्दै आफूले अबदेखि पार्टीको औपचारिक जिम्मेवारीमा नरहने स्पष्ट पारेकी छन्।
विज्ञप्तिमा उनले पार्टीमा रहँदा प्राप्त साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पार्टीलाई सफलता र प्रगतिको शुभकामना पनि व्यक्त गरेकी छन्।
उनको राजीनामा पछाडि के कारण रहे भन्ने विषयमा भने उनले स्पष्ट उल्लेख गरेकी छैनन्। यद्यपि पछिल्लो समय राप्रपाभित्र बढ्दो विवादकै कारण उनले राजीनामा दिएको हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०८२, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा