काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुनेछ ।
एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ ।
‘स्थायी समिति बैठक यति दिनमा सक्ने भनेर कुनै सीमा तोकिएको छैन । अध्यक्षले एजेन्डा पेस गरेपछि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा कति जनाले बहस गर्छन्, त्यसले समय निर्धारण गर्छ । अहिले नै कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिन्छ’, उनले भने ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोध सार्वजनिक रूपमै छताछुल्ल भएको छ । अन्तरविरोधबिच शुक्रबारबाट सुरु भएको स्थायी समिति बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०८२, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
आगजनीमा हाम्रो संलग्नता छैन, कुनै कार्यकर्ता संलग्न भेटिए कडा कारवाही होस् : माओवादी
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएपछि माओवादीले गर्यो भर्त्सना
माओवादीद्वारा पूर्ण पदाधिकारी बैठक आह्वान
पालुङटारकी नेसपा नेतृ सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश
सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको माओवादीको निष्कर्ष