अर्घाखाँची । अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको शितगंगा नगरपालिका–१२ बस्ने ३६ वर्षीय संदिपबहादुर कामीलाई एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
कामीबाट बारुदजस्तो देखिने वस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्राहरूसमेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०८२, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ