काठमाडौँ । सर्वोच्च अदालतमा आज (शुक्रवार) तीन वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा तोकिएको छ । न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिदेखि सवारी चालक अनुमतिपत्रमा चलखेल, सरकारी रकम हिनामिना, परीक्षा परिणाम फेरबदल लगायत भ्रष्टाचारसम्बन्धी ३२ वटा पेसी सूचीमा छन् ।
त्यस्तै न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा ३३ थान पेसी रहेको छ । जग्गाधनी जग्गा स्रेस्ता सच्याई नक्कली जग्गाधनी खडा गरी जग्गाको हक गैरकानुनी हस्तान्तरण, झुट्टा बिल भरपाइ र प्रतिवेदन पेस गरी रकम हिनामिना हानी नोक्सानी गरी भ्रष्टाचार गरेको, सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको, विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार सम्पत्ति शुद्धीकरण लगायतको मुद्दा पेसीमा छन् ।
त्यस्तै न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा ३४ थान मुद्दा पेसी तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना,नपाएको ओहदा पाए भनी भ्रष्टाचार गरेको, राजश्व चुहावट र हानिनोक्सानी,परीक्षाको परिणाम फेरबदल, विद्यालय भवन निर्माणको रकम हिनामिना, सरकारी कागजात हेरफेर गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता लगायतमा भ्रष्टाचार मुद्दा पेसीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०८२, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भन्सार शुल्कबारे द्रुत निर्णयका लागि ट्रम्प प्रशासन सर्वोच्चमा
अदालतको अवहेलना मुद्दामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चद्वारा परमादेश जारी
सामाजिक सञ्जाल दर्ता गराएर मात्र चलाउन दिन सरकारलाई सर्वोच्चको आदेश
संक्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश
सर्वोच्चको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस