बागमतीको विवादबारे एमालेलाई काँग्रेसले भन्यो-‘आन्तरिक विषय आफैँ मिलाउँछौँ’

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०८२, १४ : ५३
बागमतीको विवादबारे एमालेलाई काँग्रेसले भन्यो-‘आन्तरिक विषय आफैँ मिलाउँछौँ’

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे चासो राखेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दल एमाले र काँग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे चासो राखेको थियो ।

एमालेको चासोमा काँग्रेसले भने आफूहरूको आन्तरिक विषय आफैँ मिलाउने जवाफ दिएको छ । बैठकमा सहभागी काँग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार, बागमतीको विवादबारे केहीबेर छलफल भएको थियो ।

‘बागमतीको बारेमा छलफल भयो । अहिलेसम्म भएको घटनाक्रमबारे छलफल भयो,’ उनले भने, ‘हो हाम्रो आन्तरिक विषय हो । यसमा केही दिनमै निकास दिन्छौँ भनेर हामीले जवाफ दिएका छौँ ।’

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने तयारीस्वरुप संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भइसकेका छन् । यद्यपि लामाले पदबाट राजीनामा दिएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस