काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको बहसको प्रसंशा गरेका छन् । गहिराइसहितको विषयकेन्द्रित बहस भएको भनेर यस निम्ति राष्ट्रिय सभाका सदस्यहरूलाई धन्यवाद समेत दिए ।
बुधबार राष्ट्रियसभामा अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्राजुएसन)को सन्दर्भमा बहस भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले यो विधेयकमा अध्ययन नै गरेको थियो ।
बुधबार सभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफल पुरै सुने । त्यसपछि जवाफ दिन रोष्ट्रम पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका सदस्यहरूको प्रशंसा गरेका हुन् ।
‘आजको छलफल हेर्दा राष्ट्रियसभाको गरिमा धान्ने गरी नै छलफल भएको लागेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘सुरुमै सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो त्यस्तै भएको छ ।’
सभाध्यक्ष नारायण दाहालले प्रतिवेदनमाथि बोल्न सांसदलाई तीन मिनेटको समय दिएका थिए । त्यसक्रममा उनले सुरुमै विषय केन्द्रित भएर आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।
सभाध्यक्ष दाहालको आग्रह र अपेक्षा अनुसारकै बहस भएको भनेर जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गरेका हुन् । ‘समयसीमाभित्र छलफल सीमित गर्नुभएको छ । ३ मिनेटको समयमा केही पनि नछुट्ने गरी प्रस्तुत हुनुभएको छ । सबै वेल प्रिपेयर्ड (राम्रो पूर्व तयारी)’, प्रधानमन्त्री अोलीले भनेका छन्, ‘बहसको यो शैली, यो तरिका र गहिराइसहितको छलफलका लागि धन्यवाद भन्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०८२, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेपाल बनाउन हामीले गरेर देखाउनुपर्नेछ’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको जिकिर : ‘भ्रष्टाचार गर्ने कसैलाई छाडिँदैन’
प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै
देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
सरकार जनताको साथमा छ: प्रधानमन्त्री ओली
मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा