काठमाडौं । अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले बुधबार राष्ट्रिय सभामा प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।
समितिले यसअघि ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ तयार पारेको थियो । जसलाई सभामा प्रस्तुत गरिएको हो ।
प्रतिवेदन प्रस्तुत गर्दै सभापति पन्तले नेपालको अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) भएपछि मुलुकलाई विभिन्न क्षेत्रमा फाइदा पुग्ने बताइन् ।एलडीसी ग्र्याजुएसनको सकारात्मक पक्षको चर्चा गर्दै अगाडि प्रतिवेदनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय छविमा सुधार आउने, राष्ट्रको साख र विश्वसनीयतामा वृद्धि हुने तथा उदीयमान अर्थतन्त्रको रूपमा बढ्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने विश्वास गरिएको छ ।’
एलडीसी ग्र्याजुएसन भएपछि विदेशी लगानीकर्ताहरूको विश्वास बढाउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक प्रभाव बलियो बनाउने विश्वास संसदीय समितिको छ । अगाडि भनिएको छ, ‘आर्थिक क्षेत्रमा पनि यसले महत्त्वपूर्ण फाइदा पुन्याउने छ । अन्तर्राष्ट्रिय पूँजी बजारमा सहज पहुँच, प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि र विविध वित्तीय विकल्पहरूको उपलब्धता बढ्ने छ ।’
व्यापार वार्तामा नेपालको स्थिति बलियो हुनुका साथै स्वदेशी उद्योगहरूलाई बढी प्रतिस्पर्धी बन्न प्रोत्साहन मिल्ने पनि संसदीय समितिको विश्वास छ । समितिको अध्ययन प्रतिवेदनअनुसार अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपाललाई समृद्धिको दिशातर्फ अगाडि बढ्न विभिन्न अवसरहरू पनि प्राप्त हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची