काठमाडौं । गएराति देखिको अविरल वर्षाले रसुवागढी पुग्ने सडक अवरुद्ध भएको छ। भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक अवरुद्ध भएको हो।
बाढीले केही पुल र क्याम्प बगाएको छ। बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ।
रसुवाको भोटेकोशी नदीमा गएराति जलसतह एक्कासी बढेपछि सतर्कता अपनाउन नदी किनारका स्थानीयलाई अनुरोध गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोसाइकुण्ड गाउँपालिका २ मा ल्हेन्दे खोलामा आएको बाढीले ठुलो क्षति गरेको छ। बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो