यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०८२, ०६ : ५३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ३७ पैसा र बिक्री दर १३८ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ २१ पैसा र बिक्रीदर १६१ रुपियाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६२ पैसा र बिक्रीदर १८६ रुपियाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ७० पैसा र बिक्रीदर १७३ रुपियाँ ४५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ३१ पैसा र बिक्रीदर ९१ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७८ पैसा र बिक्रीदर १०१ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७२ पैसा र बक्रीदर १०८ रुपियाँ १९ पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस