काठमाडौँ । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले गराएको शनिबार बिहान साढे १० बजेसम्मको अद्यावधिक जानकारीअनुसार ४ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने ५ स्थानमा एकतर्फी रूपमा सञ्चालनमा छन् ।
प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणमा अविरल वर्षाका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति पुर्याउँदा यातायात पूर्ण रूपमा बन्द छ। जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट–डोल्पा भियारी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो