काठमाडौँ । नेपाली बजारमा यो सातामा सुनको मूल्य उतारचढाव हुँदै कारोबारको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा २२०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार अर्थात साउन २ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य यो शुक्रबार अर्थात साउन ९ गते १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यद्यपि सो साता सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँसम्म पुगेको थियो । बुधबार छापावाल सुनको मूल्य उक्त बिन्दुमा पुगेको हो । त्यसअघि आइतबार १ लाख ९३ हजार ३००, सोमबार १ लाख ९३ हजार ७०० र मंगलबार १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० साउन २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साताको सुन बजार : कतिले बढ्यो सुनको मूल्य ?