काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा एमालेले मात्रै सरकारी कर्मचारीका लागि कुलिङ पिरियड चाहिँदैन भन्नुको कारणबारे प्रश्न गरेको छ । शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद विनीता कठायतले यस्तो प्रश्न गरेकी हुन् ।
‘कम्तीमा दुई वर्ष कुलिङ पिरियड राखौँ भन्दा नेकपा एमालेले मात्रै राख्नु पर्दैन भन्नुको कारण चाहिँ के रहेछ ?,’ उनले भनिन्, ‘सुन्दै छौँ अहिले केही आसेपासेहरूलाई निजामती सेवा छोड्नासाथ राज्यका अंगहरूमा नियुक्ति गरेर शक्ति सन्तुलन बिगार्न कुलिङ पिरियड नराख्ने भनिएको छ । यसमा होस पुर्याइयोस् जनताले नजिकबाट हेरिरहेका छन् ।’
राष्ट्रिय सभामा विधेयकमाथि संशोधन हाल्दै एमालेका सांसदहरूले प्रतिनिधि सभाबाट पारित भएको विधेयकको प्रतिवेदनमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान रहेको दफा नै झिक्नुपर्ने प्रस्ताव राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक