'फोन कल लिक' भएपछि थाइल्याण्डमा प्रधानमन्त्रीविरुद्ध ठूलो विरोध प्रदर्शन

एजेन्सी

सोमबार, १६ असार २०८२, १० : १४
'फोन कल लिक' भएपछि थाइल्याण्डमा प्रधानमन्त्रीविरुद्ध ठूलो विरोध प्रदर्शन

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न शिनावात्राको राजीनामाको माग गर्दै हजारौं मानिसहरूले राजधानी बैंककको सडकमा विरोध प्रदर्शन गरेका छन् ।

सिनावात्रा र कम्बोडियाका पूर्वनेताबीचको फोन कल लिक भएपछि प्रधानमन्त्रीविरुद्ध विरोध प्रदर्शन भएको हो । 

सीमामा हालै भएको घटनाबारे कलमा कुराकानी भएको थियो ।  कलले थाइल्याण्डमा जनताको आक्रोश जगाएको बीबीसीले जनाएको छ । 

सत्तारूढ गठबन्धनको एक प्रमुख सहयोगीले राजीनामा दिएका छन् । यद्यपि, पाटोङटार्नले यो कलको लागि माफी मागेकी छन् । 

प्रतिक्रिया दिनुहोस