काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म हो ‘सतीदेवी’ । समाजमा छोरीको महत्वको सन्देश दिने फिल्म अमेरिकामा विशेष प्रदर्शन हुने भएको छ । फिल्म आगामी अगस्ट १७ तारिकमा अमेरिकाको भर्जिनीयास्थित फेयरफ्याक्समा प्रदर्शन हुने निर्देशक सुवेदीले जानकारी दिए ।
नेपालमा यो फिल्म गत वर्षको भदौमा प्रदर्शनमा आएको थियो । फिल्ममा मलिका महत, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत निर्देशक सुवेदीकै हो ।
फिल्मले ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्म घोषित दुई लाख रुपैयाँ पुरस्कार पनि जितेको थियो । फिल्मले गतवर्ष नै चितवनको सौराहामा सम्पन्न ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा नगद ५० हजार सहित सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०८२, १० : ५०
लेखकबाट थप