काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएकी छन् ।
काठमाडौँमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी-एन) को १८औँ वार्षिक साधारण सभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले नेपाल र अवैतनिक वाणिज्यदूतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताइन् ।
मन्त्री डा. राणाले भनिन्, ‘वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवर्द्धन तथा परस्पर लाभ र चासोका विषयहरूमा यहाँहरूको योगदान अनिवार्य र महत्त्वपूर्ण छ ।’
कार्यक्रममा बोल्दै एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्य दूतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कूटनीतिका सक्रिय साझेदार भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ साउन २०८२, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्री डा. राणाले भनिन्-‘नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँ’
परराष्ट्र मन्त्री डा. राणाद्वारा कतारका विशेष दूतसँग विपिन जोशीको रिहाइबारे पुनः आग्रह
परराष्ट्र मन्त्री डा. राणाद्वारा फिलिपिन्स र जर्जियाका विदेश मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
जेनेभा भ्रमण उपलब्धिमूलक: परराष्ट्रमन्त्री डा. राणा