काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता भएको बताएका छन् । मंगलबार एसियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५-२०२९’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले एडीबीको यस रणनीतिले नेपालको विकासको आवश्यकता सम्बोधन गर्ने उनले बताए ।
नेपालको १६औँ योजनासँग तालमेल गरिएको भन्दै यसले आर्थिक रूपान्तरणमा भूमिका खेल्ने उनले बताए । यो रणनीतिले निजी क्षेत्रको विकास, कृषिको आधुनिकीकरणमा ध्यान दिएको उनको भनाइ छ ।
रणनीति कार्यान्वयनले गुणस्तरीय रोजगारी सिर्जना गर्ने उनको विश्वास छ । जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित मुलुक भएको भन्दै उनले यी क्षेत्रमा प्राप्त हुने सहयोगले दिगो भविष्य निर्माणमा सहयोग गर्ने समेत बताए ।
नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकता दिएको भन्दै सरकारका तर्फबाट सुशासन र संस्थागत सुदृढीकरणमा काम गरिने उनले बताए । भ्रष्टाचार नियन्त्रणमा ध्यान दिने प्रतिबद्धता उनले व्यक्त गरे ।
सरकारले एडीबी र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने भन्दै लगानी भित्र्याउने काममा रहेका अवरोध हटाइने बताए । प्रक्रिया सहजीकरण गरिने, पारदर्शिता कायम गरिने भन्दै उनले समग्रमा यस रणनीतिले नेपालको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०८२, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ’ : अर्थमन्त्री पौडेल
‘लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ’: अर्थमन्त्री पौडेल
‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार कुनै कसर बाँकी राख्दैन’ : अर्थमन्त्री पौडेल
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट