काठमाडौं । नेपाली कांग्रेसका पाँच पदाधिकारी सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत बुढानीलकण्ठ पुगेका हुन् ।
सात जनाको समूहमा रहेका पूर्व पदाधिकारी मध्ये विमलेन्द्र निधि र डा.शशांक कोइराला भने देउवा निवासको भेटमा सहभागी भएका छैनन् । सात जना पूर्व पदाधिकारीको हिजो सिंह निवास चाक्सीबारीमा बैठक बसेको थियो । त्यही बैठकमा भएका विषयहरु जानकारी गराउन उनीहरु देउवा निवास पुगेका हुन् ।
कांग्रेस र एमाले वीचमा भएको सात बुँदे सहमति कार्यान्वयनका लागि सभापति देउवा र प्रधानमन्त्री केपी शर्माको ओलीको ध्यानाकर्षण गराउने हिजोको निर्णय अनुसार बुढानीलकण्ठ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०८२, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी