काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि जारी बैठक आज बिहान ११ बजे पुनः बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बाँकी सदस्य आज आफ्नो धारणा राख्ने छन् । बैठकमा प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ ।
पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।
अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी