काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेर हिम्मत दिएका साथी नै हराएको गुनासो गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘त्यो ६० लाख दिन्छु भनेर त्यो साथीले नभनेको भए मैले लाइब्रेरी बनाउँछु भन्ने सोचेर त्यो प्रस्ताव सभापतिकोमा लैजानै सक्दैन थिएँ,’ उनले भने, ‘६० लाख दिन्छु भनेर मेरो हिम्मत बढाउनुभयो । तर, त्यो दिनदेखि फर्केरै आउनु भएन ।’ तर, उनले ती साथीको नाम भने खुलाएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०८२, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर–गगनबिच भेटवार्ता
शिक्षकका माग सम्बोधनका लागि गगन र विश्व सक्रिय, पार्टी सभापतिपछि आन्दोलनका अगुवासँग छलफल