प्रधान सेनापति सिग्देलद्वारा घटना परिस्थितिबारे जानकारी दिने तयारी

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०८२, १९ : ०७
प्रधान सेनापति सिग्देलद्वारा घटना परिस्थितिबारे जानकारी दिने तयारी

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिने भएका छन्।

जेन जेड आन्दोलन पछिको घटनाक्रमबारे देशबासीलाई सम्बोधन गर्ने तयारी भएको र शान्ति-सुरक्षा कायम गर्न सबैलाई संयमित रहन अपिल गर्ने प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।

सेनापति सिग्देलले कुन माध्यममार्फत देशबासीलाई जानकारी दिने भन्नेबारे भने चाँडै विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस