कंचनपुर । डडेल्धुरा कारागारका कैदीबन्दी तोडफोड र आगजनी गरेर भागेका छन्। बुधबार बिहान कारागारमा तोडफोड र आगजनी गरेर ८५ कैदीबन्दी भागेका छन्।
तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जेलर सन्तोष भट्टले बताए।
उनका अनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ। नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्।
तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको जेलर भट्टले बताए। कारागारमा १ सय २७ बन्दी कैद भुक्तान गरिहेका छन्। डलेलधुरामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार १२२ कैदी काठमाडौँबाट पक्राउ
कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्
५८ कैदी बन्दी कारागार फर्किए
चितवन कारागारका ५४ कैदीबन्दी फर्किए
रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु
भरतपुर कारागारबाट ६० कैदीबन्दी फरार